काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४० जना कोभिड संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौंमा ९२१ भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ९९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ ।