images
images

नरोत्तम वैद्यको भाइरल भिडियो : ‘देश बचाउन नाथुराम गोत्से बन्न तयार छु’ 


  • 1.9K
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    नरोत्तम वैद्यको भाइरल भिडियो : ‘देश बचाउन नाथुराम गोत्से बन्न तयार छु’ 

    काठमाडौं । प्रदेशसभा सांसद नरोत्तम वैद्यले ओलीविरुद्ध बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले प्रदेशसभा बैठकमा ओलीको शासनविरुद्ध आफू नाथुराम गोत्से बन्न तयार रहेको उल्लेख गरेका छन् । नाथुराम गोत्से त्यस्ता व्यक्ति हुन् जसले महात्मा गान्धीको हत्या गरेका थिए ।

    वैद्य नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सांसद हुन् । उनी यसअघि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत थिए । 

    ‘आफ्नो सत्ता बचाउन जे पनि गरिरहेको छ । यसैगरी छोड्ने हो भने खड्ग ओलीले नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह के भने कोही नाथुराम गोत्सेको आवश्यकता पर्यो है अब देश बचाउनको लागि । कोही नाथुराम गोत्से बन्न तयार छैन भने म तयार छु,’ उनले भनेका छन् ।


    images
    images

    Logo