images
images

बी एण्ड सीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन


  • 366
    SHARES
  • २०७८ जेठ २९ गते शनिबार

    बी एण्ड सीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बी एण्ड सी मेडिकल कलेजले कानूनी प्रक्रिया पूरा गरेर आएकोले कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएका छन् । 

    शुक्रबार आयोगका अध्यक्ष  एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले नेपाललाई शैक्षिक हब बनाउने धारणा राख्दै आवश्यक जनशक्तिको लेखाजोखा गरी शिक्षा नीति नियम बनाउन आयोगलाई निर्देशन दिई बैठकबाट बाहिरिएका थिए । 

    त्यसपछि आयोगका सहअध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले ४ नम्बर बुँदामा छलफल गर्दै सम्बन्धनको विषयलाई प्राथमिकता दिएको आयोगका सदस्य बसुरुद्दिन अन्सारीले बताए । उनका अनुसार बिहन ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म चलेको बैठकमा ओलीले मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण मिलाउन नियमन प्रक्रिया पुगेका कलेजहरुलाई सम्बन्धन दिनबाट रोक्न नहुने धारणा राखेका थिए । त्यही आधारमा आयोगका सदस्यहरुलाई सम्बन्धनको कानूनी प्रक्रिया पूूरा भए नभएको अध्ययन गरी निर्णय गर्न निर्देशन दिएका हुन् । 


    images
    images

    Logo