images
images

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण, आक्रमणमा संलग्न पाँच जना नियन्त्रणमा 


  • 332
    SHARES
  • २०७८ जेठ २९ गते शनिबार

    ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण, आक्रमणमा संलग्न पाँच जना नियन्त्रणमा 

    काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको छ । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह माथि आक्रमण भन्दा पनि दुई समूहबीच  झडप भएको बताए ।  उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

    शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

    निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।


    images
    images

    Logo