भक्तपुर । भक्तपुरमा साढे १९ हजारले कोरोनामाथि विजय प्राप्त गरेका छन् । करिव २१ हजार संक्रमितमध्ये १९ हजार पाँच सय ५४ जनाले कोरोना जितेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, बिहिवार सम्ममा ११ हजार ४ सय ७३ पुरुष र ९ हजार ५ सय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका अनुसार, जिल्लामा हाल एक हजार १ सय ४४ जना सक्रीय संक्रमित रहेका छन् भने संक्रमणका कारण ज्यान गुमााउँनेको संख्या दुई सय ७६ पुगेको छ । सक्रिय संक्रमित मध्ये ८२ जना बिभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी आफ्नै घरमा आइसोलेसनमा बसेको जनाइएको छ ।
जिल्लाका चार नगरपालिका मध्ये सबै भन्दाबढी मध्यपुर थिमिमा कोरोनाको प्रभाव बढी देखिएको छ । पछिल्लो तथ्याँक अनुसार, थिमिमा ३ हजार ८ सय ७१ पुरुष र ३ हजार ३ सय २३ महिला गरी ७ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएकोमा ६३ पुरुष र २८ महिला गरी ९१ जनाको ज्यान गयो भने अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ सय १० छ । जसमध्ये १४ पुरुष र १० महिला गरी २४ जना अस्पतालमा उपचार गराइराखेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मध्यपुरपछि सुर्यविनायक नगरपालिकामा कोरोना संक्रमण बढी देखिएको छ । सुर्यविनायकमा ३ हजार ६ सय ३४ पुरुष तथा २ हजार ९ सय ७१ म्हिला गरी ६ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । सो नगरपालिका क्षेत्रमा ४६ पुरुष र २८ महिला गरी ७४ जनाको संक्रमणका कारण निधन भएको छ भने १९ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेका बताइएको छ ।
त्यसैगरी भक्तपुर नगरपालिकामा २ हजार १८ पुरुष र १ हजार ८ सय ३ महिला गरी ३ हजार ८ सय २१ ज्नामा संक्रमण पुष्टि भएको छ । २ सय १४ जना सक्रिय संक्रमित रहेको सो नगरपालिकाका १२ महिला र १३ पुरुष गरी २५ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरमा बिहिवारसम्ममा ३० महिलासहित ७४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता सबै भन्दा कम संक्रमित रहेको चाँगुनारायण नगरपालिकामा १ हजार ३ सय ५९ पुरुष तथा ९ सय ४३ महिला गरी २ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । ९२ पुरुष र ७५ महिला सक्रिय संक्रमित मध्ये ७ महिलासहित १४ जना बिभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी नीजि आइसुलेसनमा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार, चाँगुनारायण नगरपालिकामा कोरोनाकै कारण ११ महिलासहित ३७ जनाको मृत्यु भएको छ ।



