images
images

आज मेघगर्जन-चट्टयाङसहित केहि स्थानमा भारी वर्षाको सम्भावना


  • 451
    SHARES
  • २०७८ जेठ ३१ गते सोमबार

    आज मेघगर्जन-चट्टयाङसहित केहि स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आज देशका धेरै स्थानहरुमा मेघगर्जन-चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानले सोमबार जनाएको छ ।  

    यस्तै, प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन-चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    प्रदेश–२, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना 
    देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    images

    Logo