भद्रपुर । भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको रु एक लाख ४१ हजार ४० बराबरको कपडा जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ । मेचीनगर नगरपालिका(६ हनुमान मन्दिर क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले रु एक लाख ४१ हजार ४० बराबरको कपडा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा विभिन्न किसिमका कपडा नियन्त्रणमा लिइएको हो । बरामद गरिएका सम्पूर्ण कपडा आवश्यक कारबाहीका लागि काँकरभिट्टा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।