images
images

व्यक्तिगत स्वार्थ त्यागेर संस्थाको हित सोचे मेगा मर्जर सम्भव छ: उपेन्द्र पौड्याल


  • 858
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    व्यक्तिगत स्वार्थ त्यागेर संस्थाको हित सोचे मेगा मर्जर सम्भव छ: उपेन्द्र पौड्याल

    विगतमा पोलिसीबाट मेगा मर्जर हुन नसकेकोले अब सरकार तथा राष्ट्र बैंकले लिने नीति तथा कार्यक्रम प्रोत्साहन तथा सहुलियतपूर्ण हुनुपर्ने उनले बताए । फेरि पनि पुँजी वृद्धि गरेर मर्जर जाउँ भन्दा फोर्सफूल्ली मर्जरको विषय आउँछ । त्यसो त त्यति बेला बढाएको पुँजीको असर अहिलेसम्म पनि बैंकहरूमा देखिनै रहेको छ । फोर्सफूल्ली मर्जर नीति आएका बेला बैंकहरूले राष्ट्र बैंकले भनेकै समय सीमाभित्र २ अर्बबाट बढाएर ८ अर्ब पुँजी पुर्याएको थियो ।

    काठमाडौ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले संस्थागत स्वार्थलाई केन्द्रमा राखेर बैंक तथा वित्तीय संस्थाले मर्जर प्रक्रियाको कार्य अघि बढाए सफलता पाउने बताएका छन् । पुँजी वृद्धि योजना अन्तर्गत पहिलो चरणमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन केही सहयोग गरेपनि मेगा मर्जर भने हुन नसकेको उनले टिप्पणाी गरे । 

    नेपाल अर्थसँग कुरा गर्दै उनले भने ‘बैकहरूमा मेगा मर्जरको आवश्यकता छ । यो विषयमा सबैले उद्दार भएर सोच्नु पर्ने अवस्था आइसकेको छ । हामी नेपालीको प्रवृत्ति सबै ठाउँमा आफू मै नै पुगौ र सबै काम अरुले होइन मैले नै गरौ भन्ने  प्रवृत्ति हावी छ । यो स्वार्थलाई त्यागेर संस्थागत हितमा लाग्न सकियो भने मर्जरमा जान गाह्रो छैन ।

    तर, यहाँ यहि व्यक्तिगत स्वार्थ केन्द्रमा रहँदा मर्जरमा जान त्यति सहज भइरहेको छैन अर्थात समस्या देखिएको छ ।’ यद्यपि साना संस्था भने मर्जर तथा एक्युजिशनमा पनि गए । तर पनि सोचेजस्तो बैंकको संख्या घट्न सकेन । ’ 

    विगतमा पोलिसीबाट मेगा मर्जर हुन नसकेकोले अब सरकार तथा राष्ट्र बैंकले लिने नीति तथा कार्यक्रम प्रोत्साहन तथा सहुलियतपूर्ण हुनुपर्ने उनले बताए । फेरि पनि पुँजी वृद्धि गरेर मर्जर जाउँ भन्दा फोर्सफूल्ली मर्जरको विषय आउँछ । त्यसो त त्यति बेला बढाएको पुँजीको असर अहिलेसम्म पनि बैंकहरूमा देखिनै रहेको छ । फोर्सफूल्ली मर्जर नीति आएका बेला बैंकहरूले राष्ट्र बैंकले भनेकै समय सीमाभित्र २ अर्बबाट बढाएर ८ अर्ब पुँजी पुर्याएको थियो ।

    त्यति बेला बढेको पुँजी अनुसारको व्यवसाय हुन अझै पनि सकिरहेको छैन र अहिले सम्म पनि त्यसको असर बैंकले खेपिरहेका छन् । बैंकहरूले गर्ने कमाइ घटेको छ । २० अर्ब लगानी गरेर बैंकबाट अहिले पनि कमाउने भनेको मुस्किलले १५/२० प्रतिशतमात्रै हो ।’ बैंकले भन्दा अन्य कम्पनीले बढी नाफा कमाए पनि बैंकले कमाएको अर्बौ नाफामा सबैको आँखा पुग्छ । लगानीमा आधारमा अहिले बैंकहरूले कमाइ रहेको नाफा त्यति उत्साहजनक होइन । 

    अब भने राष्ट्र बैंकले पुँजी वृद्धिको योजनालाई भन्दा मेगा मर्जरलाई सफल बनाउन करमा सहुलियत दिएर हुन्छ कि अर्थात सञ्चालकको संख्या थपेर हुन्छ वा कर्मचारीको व्यवस्थापनलाई मिलाउन सहयोग गरेर हुन्छ सोका लागि मार्ग प्रशस्त गर्नुपर्ने अध्यक्ष पौड्यालको भनाइ छ । बैंक तथा वित्तीय संस्था मर्जरमा लैजान भनेको सबैभन्दा ठूलो समस्या कर्मचारी व्यवस्थापन र सञ्चालकको मुद्दा हो ।   

    नेपाल बैकर्स संघका पूर्व अध्यक्ष समेत रहेका पौड्यालले भने ‘वाफियाले बैंक तथा वित्तीय संस्था सञ्चालनमा ७ जनाभन्दा बढी सञ्चालक राख्न नपाउने गरेको व्यवस्थाले पनि मेगा मर्जरमा जान केही समस्या थपिरहेको छ । यो संख्या केही समयको लागि थप गरेर पनि मेगा मर्जरमा जान बैंकहरूलाई प्रोत्साहन गर्न सकिन्छ ।’ बैंक भनेको जोखिम लिएर काम गर्ने कम्पनी हो । कोभिडका कारण व्यापार व्यवसाय हुन सकेन भने यसको असर बैंकमा त पर्छ नै फेरि यसको चेन इफेक्ट पर्ने क्षेत्रमा पनि त्यति कै पर्ने सम्भावना छ । 

    मर्जरबाट सक्षम संस्था बन्न सक्यो भने जोखिम लिएर पनि काम गर्ने आँट गर्न सकिन्छ । अहिले नै जलविद्युत तथा सिमेन्ट उद्योगमा लगानी गर्न पर्यो भने एक÷दुईवटा बैंकको पुँजीले पुग्दैन । पूर्वाधार निर्माणका ठूला आयोजनामा लगानी गर्न सह–वित्तियकरणमा जानु पर्ने अवस्था छ । पहिला बैंकहरूको लगानी भनेको इम्पोर्टमा मात्रै हुने गरेको थियो । अहिले लगानीका क्षेत्र बढेको छ तथा विविकरण भएको छ । 

    तर, अहिले लगानीका क्षेत्रहरू विस्तार भएका छन् । सो कारण बैंक आफै ठूलो लगानी गर्न सक्ने बैंक बन्न अर्थात दीर्घकालीन गुणस्तरीय सेवा दिनका लागि पनि मर्जर आवश्यक भएको उनले औल्याए । ‘एकातिर बैंकको संख्या घटाउनु पर्ने अवस्था छ भने अर्कोतिर सवल र सक्षम बैंक बनाएर गुणस्तरीय सेवा दिन पनि त्यति कै आवश्यक छ,’ उनले थपे । 

    नबिलकै कुरा गर्ने हो भने नबिलजस्तो इतिहास बोकेको बैंकमा मर्जर हुन पाउनु भनेको जुनसुकै बैंकको लागि पनि गौरव र सुखानुभूतीको कुरा हो । यद्यपि हामीले पनि मर्जरमा जाने भनिरहेका छौं, तर ठ्याक्कै यहि नै हाम्रो पार्टनर बन्न सुहाउँदो छ भनेर जान नसकिरहेको अवस्था भने आइनसकेको अध्यक्ष पौड्यालले बताए । 

    फाइनान्स कम्पनीलाई मर्ज गरिसक्यौ अबको हाम्रो मर्जर भनेको मेगा मर्जर नै यसमा हामीले गृहकार्य गरिरहेका छौं । 


    images

    Logo