images
images

नबिल : नाफाभन्दा धेरै लाभांश क्षमता भएको एकमात्र बैंक


  • 315
    SHARES
  • २०७८ बैशाख १५ गते बुधबार

    नबिल : नाफाभन्दा धेरै लाभांश क्षमता भएको एकमात्र बैंक

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यो अवधिमा अधिकांश बैंकको नाफा बढेको छ । केही बैंकको नाफा घटे पनि नाफाको अवस्था सन्तोषजनक नै छ । 
    तर, बैंकहरुको वित्तीय विवरणमा वितरणयोग्य नाफा भने खुद नाफाभन्दा निकै नै कमसम्म रहेको देखिएको छ ।

    सनराइज बैंकको वितरणयोग्य मुनाफा खुद नाफाको २८ प्रतिशत मात्रै छ । नाफाभन्दा वितरणयोग्य नाफा ५० प्रतिशत अर्थात् आधा भन्दा कम भएका वाणिज्य बैंकको संख्या ४ वटा छ । 

    तर नबिल बैंक एकमात्रै बैंक हो, जसको वितरणयोग्य नाफा खुद नाफाभन्दा धेरै छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ८० करोड रुपैयाँ छ । 

    रेगुलेटरी रिजर्भमा राख्नुपर्ने रकम १९ करोड रुपैयाँ फिर्ता भएको र अन्य रिजर्भ पनि ९ करोडले फिर्ता आएपछि लाभांश क्षमता नाफाभन्दा माथि पुगेको हो । 


    images

    Logo