काठमाडौं । विश्वप्रसिद्ध तानाशाह हिटलरले उतिबेला भनेका थिए, संसारमा पाँचवटा बादशाह सँधैँ अस्थित्वमा हुन्छन् । ४ वटा तासका बादशाह र एउटा बेलायतका ।
तर, एलिजावेथ तृतीयको निधनपछि राजा बनेका चार्ल्स तृतीयको राज्यारोहणले भने बेलायतको राजतन्त्रकै अस्थित्वमाथि खतराको संकेत गरेको छ ।
राज्यारोहणलगत्तै कमनवेल्थ राष्ट्रमध्येको एउटा अष्ट्रेलियाले आफ्नो नोटबाट बेलायती सम्राटको फोटो हटाउने निर्णय गर्यो । सम्राटको विवादित पृष्ठभूमि तथा रिसाहा स्वभावका कारण विश्व जगत् नै चार्ल्स तृतीयप्रति त्यति सकारात्मक छैन ।
उनको राज्याभिषेकको मिति नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय मिडियाहरुले बेलायतमा राजतन्त्रको खर्चका विषयमा समाचार लेखे । यसअघि महारानीको जन्मोत्सवदेखि राजकुमारको विवाहसम्ममा कहिलै नउठेका विषय यतिबेला उठ्नु संयोग मात्रै पक्कै होइन ।
पछिल्लोपटक भने राजा चार्ल्सको यो विवाद परिवारभित्रै पोखिएको छ । राजतन्त्रात्मक व्यवस्थाकै सबैभन्दा महत्वपूर्ण कार्यक्रम मानिने राज्याभिषेकमा राजकुमार ह्यारीले सांकेतिक असन्तुष्टि पोखेका छन् । क्यालिफोर्नियामा वस्दै आएका ह्यारी समारोहमा एक्लै आएपछि अन्तर्राष्ट्रिय सञ्चार जगतमा विभिन्न खालका टिकाटिप्पणीहरु सुरु भएका हुन् ।
राजकुमारहरु विलियम र ह्यारी, दुई भाइ जसले विगत आठ महिना देखि एकार्काको अनुहार नै नदेखेको मानिएको थियो, शनिबार आफ्नो बुबा चार्लस तृतीयको राज्याभिषेकमा देखादेख गरे तर भेट गरेनन् ।
विलियम आफ्ना पत्नी र बालबालिका सहित राज्याभिषेकमा उपस्थित भएका थिए । अर्कोतर्फ ह्यारी भने एक्लै आएका थिए । ‘वेस्टमिन्स्टर एबे’ चर्चमा भएको उक्त कार्यक्रमको अवधिभर पनि दुई भाइमा कुनै अन्तर्रक्रिया देखिएन ।
सिंहासनको उत्तराधिकारी रहेका विलियम आफ्ना श्रीमती वेल्सको राजकुमारी केट, र बालबच्चा राजकुमार जर्ज, लुइस र राजकुमारी चार्लोट सहित एबेमा जुलुसमा सहभागी भए ।
ह्यारी भने उनको काकाको छोरीहरु – राजकुमारी बीट्रीस र युजेनीसङ्ग चर्चमा प्रवेश गरे र परिवार भन्दा तीन पंक्ति पछाडि गएर बसे । ह्यारीले सन् २०२० मा शाही परिवारबाट आफ्नो पद छोडेदेखी सेवानिवृत्त भएका छन् ।
‘डचेस अफ ससेक्स’ अर्थात ह्यारीकी पत्नी मेघन र उनीहरुका दुई छोराछोरी राजकुमार आर्ची र राजकुमारी लिलिबेट राज्याभिषेकमा उपस्थित नभइ क्यालिफोर्नियास्थित आफ्नो घरमै बसे ।
ह्यारी र मेघनले गत वर्ष सेप्टेम्बरमा रानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा भाग लिएका थिए । उनीहरु शाही परिवारका सदस्यहरुसङ्ग सार्वजनिक रुपमा देखिएको त्यो नै अन्तिम पटक थियो ।
त्यसको केही महिना पछि, जनवरीमा ह्यारिले ुस्पेयरु नामक संस्मरण प्रकाशित गरे । त्यसमा उनले विलियम लगायत उनका परिवारका अन्य सदस्यहरुसङ्गको आफ्नो द्वन्द्वबारे खुलेर चर्चा गरे । जुन सर्वाधिक बिक्री भएको संस्मरण बन्न पुग्यो ।
ह्यारीले ‘स्पेयर’मा गरेको दावीको बारेमा चार्लस र रानी क्यामिलाको कार्यालय ुबकिङ्घम प्यालेसुले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । न त विलियम र केटको कार्यालय ुकेन्सिङ्टन प्यालेसु ले नै ।
राज्याभिषेक हुनुभन्दा अगाडि, ह्यारी ‘बेलायती ट्याब्लोइड अदालती मुद्दा’ को क्रममा मार्चमा अन्तिमपटक बेलायत आएका थिए । तर त्यसबेला पनि उनको चार्लस् र विलियम दुबैसङ्ग भेट सम्भव नभएको विश्वास गरिन्छ ।
यी सबैका बाबजुद ह्यारीले आफ्नो परिवारसङ्गको सम्बन्ध सुधार्ने इच्छा व्यक्त गरेका छन् ।


