काठमाडौं । सरकारले हिमाली पानी र तिलगंगा आँखा अस्पतालले उत्पादन गरेको लेन्सको अन्तराष्ट्रय ब्रान्डिङ गर्ने भएको छ । नेपालबाट निर्यातको उच्च सम्भावना भएको यी दुई वस्तुलाई आगामी आर्थिक वर्षमा अन्तराट्रिय रुपमै ब्राण्डिङ गर्ने तयारी गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् र डा। सन्दुक रुइतको नेतृत्वको अस्पतालले सस्तो र गुणस्तरीय लेन्सको उत्पादन गर्दै आएको छ ।
हिमालको पानीको विश्व बजारमा उच्च माग हुँदै आएको छ ।