काठमाडौं । सरकारले विदेशमा बस्ने नेपालीलाई समेत भोट हाल्न पाउने व्यवस्था गर्ने भएको छ । नीति तथा कार्यक्रममार्फत् सरकारले यस्तो व्यवस्था गर्ने जनाएको हो ।
विदेशमा बस्ने नेपालीले समेत भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने भन्दै लामो समयदेखि माग उठ्दै आएको थियो । यसबारे सर्वोच्च अदालतले समेत सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो ।