images
images

खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि हेलिकप्टरबाट १५० क्विन्टल चामल सिर्दिबास पु¥याइयो 


  • 407
    SHARES
  • २०७८ आषाढ २७ गते आइतबार

    खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि हेलिकप्टरबाट १५० क्विन्टल चामल सिर्दिबास पु¥याइयो 

    गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पु¥याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि  ती क्षेत्रमा खाद्यन्न लगिइएको हो ।  खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल  सिर्दिबास पु¥याइएको हो ।


    प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा  चामल सिर्दिबास डिपोमा पु¥याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने  सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराउदै आएको छ ।

    बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ , सूचना अधिकारी सुनारले भने, मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पु¥याउन सम्भव भएको हो ।

    पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पु¥याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल बर्षा शुरु भएपछि चामल लैजान सकेको थिएन् । हेलिकप्टर  मार्फत डिपोमा पु¥याइएको  चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ ।


    images
    images

    Logo