काठमाडौं । अब १०० रुपैयाँ पुँजीमै कम्पनी खोल्न सकिने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेटमार्फत् यस्तो घोषणा गरेका हुन् ।
साथै अबदेखि कुनैपनि कम्पनी संस्थापना र खारेज गर्न कुनै पनि शुल्क नलाग्ने व्यवस्था समेत गरिने जनाइएको छ । अब कम्पनीको संस्थापना र खारेजीका सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत् नै हुने व्यवस्था मिलाइने समेत उनले बताए ।