पश्चिमी र मध्य अफ्रिकाका कतिपय मानिसहरुले रुसमा भइरहेको वाग्नर समूहको विद्रोहलाई सूक्ष्म रुपमा पछ्याए । उनीहरु भाडाका सेनाहरुले सिंगै महाद्वीपको गतिविधिमा कसरी प्रभावित गर्छ भन्ने जान्न उत्सुक थिए ।
२०१८ पछि वाग्नर विद्रोही समूहको सामना गर्न मध्य अफ्रिकी गणराज्य (सीएआर) पुगे र आफ्नो सशस्त्र संगठन बढाउँदैै लगे । पछि त्यसलाई माली, सुडान र लिबियामा पनि विस्तार गर्दै लगे । बढ्दो घरेलु असुरक्षासँग लड्न संघर्ष गरिरहेको अफ्रिकी सरकारका लागि वाग्नर एक जीवन रेखा बन्न गयो ।
भाडाको सेनाहरुले २०१८ मा विद्रोही तागतविरुद्ध लड्न सीएआरका अध्यक्ष आर्चेन्ज टाउडेरालाई सहयोग गरेपछि उनीहरु राजधानी बान्गुईमा प्रतिष्ठित बने । र त्यस ठाउँमा औपचारिक रुपमा नै रुसी भाषामा पठनपाठन गराउन सुरु भयो ।
आल–कायदा र आईएसआईएल (आईएसआईएस) सँग सम्बन्धित सशस्त्र संगठनहरुबाट हुन सक्ने खतरासँग लड्न मालीले आफ्नो पुरानो औपनिवेशक शासक फ्रान्ससँगको साझेदारीको अन्त्य गरेर वाग्नरसँग सुरक्षाका लागि सम्झौता गर्यो ।
तर गत हप्ता वाग्नर विद्रोहको प्रयासले सशस्त्र समूहको विदेशी गतिविधि मात्र नभइ रसिया र ती समूहलाई भाडामा लिने अफ्रिकी देशहरुबीचको द्वीपक्षीय सम्बन्धसमेत प्रभाव पारिरहेको छ ।
सरकारको निर्देशनमा ‘प्रशिक्षक’का रुपमा काम गर्ने सीएआरका ‘कयौं सय सैनिक’ ले आफ्नो प्रयास जारी राख्ने रुसी विदेशमन्त्री सर्गेई लावरोवले गत हप्ता भनेका थिए ।
पश्चिम अफ्रिका थिंक ट्याङ्कका संस्थापक याबी गिल्सले ती टिप्पणी कुनै आश्चर्यजनक नभएको बताए ।
‘कुटनीतिज्ञ लाभरोभले गरेको घोषणा एक वास्तविक कुराको प्रष्ट संकेत थियो । वाग्नर एक भाडाको कम्पनी मात्र होइन । रुसबाट नै फन्डिङ गरिने गरिएको वाग्नर यस्तो कम्पनी हो जसले देशबाहिरका मुद्दाहरुका मार्फत् रुसको हितमा काम गरिरहेको छ’, गाइल्सले भने । ‘माली र सीएआर रुससँगको सहकार्य जारी रहिरहन्छ भन्ने आश्वासन मात्र चाहन्छन्’, उनले भने ।
‘के हुने हो थाहा छैन’
अन्य प्राइभेट कम्पनीहरुले पनि अफ्रिकामा व्यापार सुरु गरिसकेका कारण वाग्नर नै एक मात्र विकल्प होइन । यदि वाग्नरले महाद्वीप नै छोड्ने हो भने पनि त्यहाँ सैन्यशक्तिको अभाव हुनेछैन ।
इन्टरनेशनल क्राइसिस ग्रुपका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकका वरिष्ठ विश्लेषक चाल्र्स बोउसेलका अनुसार, ‘नयाँ खोलिएका कम्पनीको प्रबन्धकहरुमा अफ्रिकामा वाग्नरका गतिविधिहरुको गहिरो ज्ञान भएका वाग्नरका भूतपूर्व कर्मचारीहरु छन् । र रुसले सहज रुपमा नै वैगनरको अधिकार खोस्न उनीहरुको प्रयोग गर्न सक्छ’ ।
तर, अनिश्चितताले गर्दा वाग्नरको सुरक्षा विशेषज्ञतामा भर परेका सरकारको चिन्ता पैदा गरेको छ ।
‘अधिकारीहरुको तहबाट सोच्दा हामीहरुले थोरै तनावग्रस्त अवस्था देखेका छौं । उनीहरु वाग्नर आगामी महिनाहरुमा रहन्छ वा रहँदैन भन्ने निश्चित नभएका कारण चिन्तित छन्’ बोउसेलले भने ।
तर क्रेमलिनका लागि जस्तै, वाग्नर विद्रोही अफ्रिकी सरकारहरुका लागि सतर्क गराउने कहानी साबित भएको छ ।
‘मस्को विरुद्ध वाग्नरले विद्रोह गर्न सक्ने भएका कारण अफ्रिकी राज्यहरुले अब असाधारण रुपमा सावधानी अपनाउनेछन्’ टिम्बक्टु इन्स्टिच्युट अफ्रिका सेन्टर फर पिस स्टडीजका क्षेत्रीय निर्देशक बेकरी सेम्बेले भने । ‘उनीहरुले आफ्नो सुरक्षा सम्झौताबारे विचार गर्न बन्द गर्नुपर्ने आवश्यक छ । वर्तमान परिस्थितिमा हेर्दा यो एक व्यवहारिक रणनीति नभएका कारण अफ्रिकी देशहरु वाग्नर तैनाथ गर्दा अत्याधिक सतर्क हुनेछन्’ उनले थपे ।
मस्कोको आश्वासनका बावजुद, माली र सीएआर अझैपनि अनिश्चत स्थितिमा छन् । सेम्बेका अनुसार, ‘माली र यी गैर–राज्य तत्वहरुसँग जोडिएका अन्य राष्ट्रहरु हाल वाग्नरको हतियार र मस्कोको क्रोधको बीचका फसेका छन्’ ।
वेस्ट आउट, वाग्नर इन
सन् २०१३ मा द्वन्द्व सुरु हुँदा मालीमा स्वागत गरिएका फ्रान्सेली सेनाहरु बामाकोको अनुरोधमा फिर्ता भएका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले तुरुन्तै खाली गर्ने निर्णय गरेपछि संयुक्त राष्ट्रसंघीय शान्ति सेना पनि बाहिरिने भएको छ ।
विश्लेषकहरुका अनुसार, तानाशाही शासनलाई समर्थन गर्ने फ्रान्स ती क्षेत्रहरुको विकासलाई रोक्ने एकमात्र बाह्य तत्वको मानिएको थियो । मानिसहरुको फ्रान्सप्रतिको घृणाका कारण भगोड़ा येभगेनी प्रिगोजिनको नेतृत्वको वाग्नरले लोकप्रियता पायो ।
‘फ्रान्कोफोन देशहरुमा रुसको उपस्थिति फ्रान्सको विरुद्ध एक प्रकारको विरोध हो । यो विद्रोहको संकेत हो, तर यसले उनीहरुलाई पश्चिमको विरोधी बनाएको छ’, सेम्बेले भने । ‘मालीमा कयौं अभियानहरुमा फ्रांसको प्रत्यक्ष हस्तक्षेप छ । अन्तर्राष्ट्रिय साझेदारहरु र फ्रान्स नै पनि मालिलाई असुरक्षाबाट सुरक्षित बनाउन असक्षम छन्’ ।
संयुक्त सेना बाहिरिएको र वाग्नर पनि अस्थिर भएका कारण मालीको नाजुक सुरक्षा वातावरण र पहिले नै संकटग्रस्त साहेल क्षेत्रमा यसको नकारात्मक प्रभाव पर्ने डर छ ।
गिल्स भन्छन्, ‘यो स्पष्ट छ कि यी देशहरुको आफ्नै एजेन्सी छैन । र ती राष्ट्रहरुमा प्रभावकारी रूपमा आफ्नो सुरक्षाको हेरचाह गर्न आन्तरिक परिवर्तनहरू लागू गर्ने इच्छाशक्तिको कमी हुनु पनि अर्को वास्तविकता हो ।’
वाग्नरलाई अनुमति दिइए पनि अफ्रिकामा मानवअधिकारको उल्लङ्घनमा भाग लिएको भाडाको टोलीलाई अभियोग लगाइएको छ । वाग्नरलाई संयुक्त राज्यले व्यापक दुर्व्यवहारको लागि जिम्मेवार भन्दै ‘अन्तरराष्ट्रिय आपराधिक संगठन’ भनेर लेबल लगाएको ।
गार्डको मात्र परिवर्तनले स्थितिमा उथलपुथल हुने सम्भावना छैन । ‘मलाई लाग्छ कि यसले वाग्नरको भन्दा धेरै फरक तरिकाले केही पनि सञ्चालन गर्ने छैन । गतिविधिहरु अहिले जुन स्थितिमा छन्, पछि पनि त्यसैगरि चलाइनेछ’ बोउसेलले भने, ‘चाहे यो प्रिगोजिन होस् वा अर्को युद्ध उद्यमी, यसले वास्तवमा फरक पर्दैन, कम्पनी कसले चलाउने हो त्यो बढी महत्त्वपूर्ण छ’ ।
अलजजीरा


