images
images

सुरु भयो अटो क्षेत्रको कुम्भमेला, यो वर्षको नाडा अटो शोमा के छ विशेष ?


  • 651
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    सुरु भयो अटो क्षेत्रको कुम्भमेला, यो वर्षको नाडा अटो शोमा के छ विशेष ?

    काठमाडौं । अटोमोबाइल्स क्षेत्रकै सबैभन्दा ठूलो जमघट मानिने नाडा अटो शो २०८० सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि उक्त शो सञ्चालनमा आएको हो । मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त शोको उद्घाटन गरे । 

    ६ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० स्टल र ब्लकहरु रहेका छन् । उक्त प्रर्दशनीमा न्यू अराएभल तथा पुराना गरि सबैजसो अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहेको छ । 

    अटो शोमा २०० रुपैयाँको प्रवेश टिकट व्यवस्था गरिएको छ । विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको नाडाले जनाएको छ ।

    NADA 1.jpg

    प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ । 

    अवलोकनकर्ताको सुविधालाई विशेष ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट एवं ग्यारेज उपकरणहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ । 

    यस पटक मेलामा २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

    यस पटकको मेलाको फरक पक्षको रुपमा मेलामा कमर्सियल भेहिकललाई पनि प्रदर्शनीमा राखिएको छ । यसअघि यस्ता बस ट्रकहरु राख्ने चलन थिएन । 

    NADA 2.jpg


    images

    Logo