काठमाडौं । सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुन प्रतितोला १ हजार ५ सय रूपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आइतबार ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । साथै, ४५ रूपैयाँले घटेर १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।