images
images

ट्रंक लाइनको बक्यौता तिर्न प्राधिकरणले थप्योे मंसिर ५ सम्मको समय


  • 404
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    ट्रंक लाइनको बक्यौता तिर्न प्राधिकरणले थप्योे मंसिर ५ सम्मको समय

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाइनबाट बिजुली उपभोग गरेका उद्योगीलाई बक्यौता महसुल तिर्ने समय फेरी थपेको छ । आज सूचना जारी गर्दै प्राधिकरणले डेडिकेटेड र ट्रक लाइन बक्यौता महसुल भुक्तानी गर्ने समय मङ्सिर ५ गतेसम्म थपेको जानकारी दिएको हो । 

    यसअघि विद्युत् प्राधिकरणले भदौ २९ गते एक सूचना जारी गरी असोज ३० गतेसम्म महसुल भुक्तान गर्न समय दिएको थियो । तिहार र छठ पर्वलाई ध्यानमा राखेर महसुल भुक्तान गर्ने समय थपेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । 

    उद्योगीहरूले तोकेको समय अपर्याप्त भएको गुनासो गरेपछि दोस्रो पटक म्याद थप गरेको प्राधिकरणले जनाएको छ । मङ्सिर ५ गतेभित्र डेडिकेटेड र ट्रक लाइनको महसुल बक्यौता भुक्तानी गरिसक्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । 

    डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका झन्डै पाँच दर्जन उद्योगबाट असुल गर्नुपर्ने बक्यौता महसुल २१ अर्ब ८७ करोड ८५ लाख रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । गत भदौ १७ गते प्राधिकरणले डेडिकेटेड र ट्रक लाइनबाट लिएको बिजुली महसुल भुक्तानी नगरे उद्योगमा बिजुली आपूर्ति बन्द गर्ने चेतावनी सहित सूचना प्रकाशित गरेको थियो । 

    suchana.jpg


    images

    Logo