images
images

निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन 


  • 389
    SHARES
  • २०८० पौष १७ गते मंगलबार

    निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन 

    काठमाडौं । मसिंर महिनासम्ममा ७ प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले कुृल १५ अर्ब ७४ करोड रुपौयँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशबाट सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जि तथा ठे.जो, विविध, कृषि तथा बाली, लघु निर्जीवन व्यवसायबाट सो रकम संकलन गरेको हो । 

    नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमाशुल्कको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । मंसिर महिनामा बीमा कम्पनीहरुले यस प्रदेशबाट विभिन्न बीमालेख बिक्री गरी १० अर्ब २६ अर्ब रुपैयाँको व्यवसाय गरेको छ । 

    यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । मंसिर महिनामा बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट १ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्न सफल भएको छ । त्यस्तै, बीमा कम्पनीहरुले मंसिर महिनामा कोशी प्रदेशबाट १ अर्ब ४० करोड ८० लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्ब ८ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।

    यसकासाथै, गण्डकी प्रदेशले मंसिर महिनासम्ममा ९१ करोड ४९ लाख रुपैयाँ बराबरकाे बीमा शुल्क संकलन गरेको छ भने सुदुरपश्चिम प्रदेशबाट ४१ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छ जसमा साे प्रदेशले १५ करोड ८४ लाख रुपैयाँ बराबरकाे बीमा शुल्क संकलन गरेको हाे । 


    images

    Logo