images
images

विपद् जोखिम न्युनिकरणका लागी प्रेसको भूमिका

विपद् पत्रकारिता कसरी गर्ने ? 


  • 728
    SHARES
  • २०८० माघ ५ गते शुक्रबार

    विपद् पत्रकारिता कसरी गर्ने ? 

    विपद्को सवालमा रिपोर्टिङ्ग गर्ने पत्रकारले सही सूचना  संप्रेषण गर्दा मानिसको जनधनको सुरक्षा हुनसक्छ । सूचना मानिसका लागि पानी, खाना, औषधी  अथवा बास जति नै जरुरी कुरा हो । सूचनाले गर्दा मानिसको ज्यान, गरिखाने मेलो र सम्पत्ति जोगिन सक्छ । 

    सूचना विपत्तिसँग जुध्ने एकमात्र  त्यस्तो उपाय हो जसलाई अधिकांश मानिसले उपयोग गर्न सक्छन् । सूचना सही भयो भने मानिसलाई के कुरा चाहिएको छ र ती कुरा कसरी पुर्याउने भन्ने थाहा हुन्छ । गलत सूचनाका आधारमा गरिएका मानवतावादी सहायता गलत र खतरनाक हुन सक्छन् ।

    पत्रकारले विपद्का बेलामा स्रोत व्यवस्थापक, सार्वजनिक  सुरक्षा अधिकारी, जनताको तर्फबाट पैरवीकर्ता, मनोसामाजिक परामर्शदाता र नीति निर्माणमा उत्प्रेरकको भूमिका निर्वाह गर्छ ।

    सकारात्मक सञ्चार गर्न सकेन वा गलत सूचना प्रवाह गर्न पुग्यो भने झन धेरै धन/जनको क्षति हुन सक्छ । विपद्को समयलाई राजनीतिक दलहरूले प्रोपोगन्डाका लागि प्रयोग गर्न खोज्छन् । वा थोरै काम गरेर जनताको मन जित्न खोज्छन् । सञ्चारमाध्यम तिनीहरूको मतियार हुनुहुँदैन ।

    विपद् जोखिम व्यवस्थापनलाई राम्र्रो स्थान त दिईएको हुन्छ तर विपद् जोखिम व्यवस्थापनका सबै चरणमा रिपोर्टिङ गर्नुपर्छ र गर्न सकिन्छ ।

    विपद् व्यवस्थापनका ३ चरण विपद् पूर्वतयारी, विपद्का समयमा खोज, उद्धार, व्यवस्थापन र विपद्पछि राहत र पुनस्र्थापनामध्ये विपद्पूर्व गरिने न्यूनीकरण र पूर्वतयारी कार्य ६ गुणा सस्तो र प्रभावकारी हुन्छ । त्यसकारण सञ्चारमाध्यमले विपद्पछिको घटना रिपोर्टिङमात्र नभएर तीनैवटा चरणमा निरन्तर रिपोर्टिङ गरिरहनुपर्छ ।

    विपद् जुनसुकै  बेला, जहिल्यै पनि आउन सक्ने भएकाले यसबारे सञ्चार माध्यमले विपद् नआएकै बेला पनि आवश्यक जानकारी तथा सूचना प्रवाह गरिरहनुपर्छ ।

    सञ्चारमाध्यमले सम्भावित विपद्, सोको कारण, सो विपद्को सम्बन्धित प्रभाव क्षेत्र, विपद्को जोखिम न्यूनीकरणका उपाय, सुरक्षितस्थलको जानकारी, विपद्का  बेला सम्पर्क गर्न सकिने निकायहरू लगायतका बारेमा जानकारी प्रदान गर्नुपर्छ ।

    विपद् जोखिम न्यूनीकरणका लागि सरकारी निकाय बीचको सहकार्य र समन्वयको अवस्था र सरकारी, गैरसरकारी तथा निजी प्रतिष्ठानको समन्वयबारे  रिपोर्टिङ गर्ने ।

    विपद्को घडीमा सञ्चारमाध्यम र पत्रकार दुवैको भूमिका झनै महत्वपूर्ण हुन्छ । 

    यो बेलामा पत्रकारले विपद्को जानकारी, प्रभावित क्षेत्रको विस्तृत जानकारी, मरेका, घाइते भएका, उद्धार गरिएका  मानिसको विवरण साथै नष्ट भएका संरचना, खाद्य उत्पादन, पशुपन्छीको बारेमा यथार्थ र वस्तुपरक जानकारी दिनुपर्छ 
    राहतको समयमा राहत पाउनबाट छुटेका मानिस वा क्षेत्रबारे जानकारी । विपद्का बेला सरकार र मानवीय सहायता प्रदायकहरू हतास मानसिकतामा रहने हुँदा सञ्चारमाध्यमले यस्ता अन्तराल औँल्याई दिँदा मानवीय सहायता प्रदायक र सरकारलाई उद्धार र राहतमा सहयोग पुग्छ । 

    सरकारी निकायसँग सम्पर्कमा रहने र बाहिरबाट  आएका सहायताबारे समाचार पस्कने । साथै सो सहायता वास्तविक पीडितसमक्ष पुग्यो वा पुगेन भनी पहरेदारको भूमिका निर्वाह गर्ने ।

    विपद्पश्चातको पुनःस्थापना, पुनर्लाभ र पुनर्निर्माणको समय हो । यो समयमा सञ्चारमाध्यमले अलिक खोजमूलक समाचारहरू प्रकाशन र प्रसारण गर्ने, प्रवृत्ति विश्लेषण गर्ने, पैरवी पत्रकारिता र समाधानमुखी पत्रकारिताको अभ्यास गर्न सक्छन् ।

    विपद्का समाचार सङ्कलन र प्रसारणका लागि तयारी हालतमा बस्नुपर्छ ।

    विपद्को रिपोर्टिङका केही आधार सदाझैँ ५ डब्लु र एचको नियम पालना गर्नुपर्छ :
    १. के भयो, हाल के हुँदैछ ? 
    २. घटना/समस्या कहाँ भइरहेको छ ?  
    ३. यसको असर कसलाई परेको छ र यससँग सम्बन्धित मुख्य निकाय को हो ? 
    ४. यो अवस्था कहिले उत्पन्न भएको हो ? 
    ५.  यस्तो अवस्था किन आयो ?
    ६.  यस्तो अवस्था कसरी आयो ? 
    ७.  समस्यासँग जुध्न पीडित मानिस र सम्बन्धित निकाय के गर्दैछन् ? 

    स्टोरीमा निम्न विशेषता हुनुपर्छ 

    सही —  सन्तुलित —  ठोस अनुसन्धानमा आधारित —  भरपर्दा स्रोतमा आधारित —  स्तरीय र वर्णनात्मक लेखन ।
    समाचार ताजा र नयाँ हुनुपर्छ । सुनिसकेका वा पढिसकेका समाचारमा स्रोता वा पाठकको रुचि हँुदैन । समाचार नयाँ हुँदासम्म मात्र समाचार हुन्छ भन्ने कुरा यहाँ पनि स्मरण गरौँ ।

    विषयसँग सम्बन्धित सबै कुरा पढ्ने । सम्पर्क सरकारी र मानवीय सहायता पु¥याउने संस्थाका मानिस र  स्थानीय तहका घटनाका लागि सम्पर्क गर्न सकिने व्यक्तिको सूची बनाउने । सूचनाको जाँच उपलब्ध सूचना सही हुन् कि होइनन् भनी जाँच्ने । कुन सत्य हो र कुन हल्ला हो पत्ता लगाउने ।

    विपद् रिपोर्टिङका क्रममा पूर्वाग्रहबाट बच्नुपर्छ

    ‘विपत्ति’ को स्टोरी मात्र बताउने होइन । विपत्ति  भोगिरहेका मानिसलाई उपयोगी हुने (बास कहाँ पाइन्छ ?  आर्थिक सहायता कसरी लिने ? ) जस्ता जानकारी पनि छाप्नूस् प्रसार गर्नूस् । 
    तथ्य राख्नूस्, सनसनी नफैलाउनूस् । 
    ज्योतिषीलाई भविष्यवाणी गर्न नलगाउनूस् । 
    प्रभावितलाई दुव्र्यवहार नगर्नूस् । 
    विपत्ति परेर होस उडेका बेलामा मानिसले जे पनि भनिदिन सक्छ । जसले जे कुरा भनेको हो उसलाई त्यसैमा उद्धरण (कोट) नगर्नूस् । आँकडा सही हुन् कि होइनन् भनी जाँच्नूस् ।

    डाक्टरले जस्तै पत्रकारले पनि ‘क्षति नपुर्याउने’ सिद्धान्त अङ्गाल्नुपर्छ ।

    पत्रकारसँग कुराकानी गर्दा कुराकानी गर्ने व्यक्तिलाई चोट पुग्छ कि मलम लाग्छ भन्ने कुरा ऊ कुराकानी गर्न तयार छ कि छैन भन्नेमा भर पर्छ ।

    पत्रकारको बोलीको शैली र शरीरको चालढालले असर पार्छ । आघात बेहोरेको मानिसको दिमागमा आवेग÷ संवेग बढाउने खण्ड बढी सक्रिय र विवेक बढाउने खण्ड कम सक्रिय हुन सक्छ । उसले कुरा ढिलो गरी बुझ्न सक्छ, एकैपटकमा कुरा नबुझ्न सक्छ । यस्ता  बेलामा उसले कुरा बुझिनँ भन्न सक्छ । 

    पत्रकारले के कुरा सोध्यो भन्ने उसले चाँडै बिर्सन सक्छ । पत्रकारले सम्मान गरेर सोध्यो कि होच्याएर भन्नेचाहिँ सम्झि रहन सक्छ । समानुभूति देखाउनुपर्छ, वास्ता नगरेझैँ गर्ने होइन । तर समानुभूति देखाउने नाममा आफैँ भावुक हुनु भने हुँदैन । समान अनुभूति गर्नुको मतलब उसकै जस्तो अनुभूति गर्नु होइन, उसको आवेग/संवेगलाई कदर गर्नुमात्र हो । 
    उनीहरूलाई समानुभूति देखाउनेखालको हाउभाउ गर्नुपर्छ । अलिकति अगाडि झुकेर प्रश्न  सोध्दा आफू आत्मीय भएजस्तो देखिन्छ । 

    केटाकेटीसँग कुराकानी गर्नुअघि केटाकेटी घरमा भए उनीहरूका अभिभावकको र स्कुलमा भए शिक्षकको स्वीकृति लिनुपर्छ । 

    कति समुदायमा महिला  परपुरुषसँग कुराकानी गर्न हिच्किचाउँछन् । कुराकानी गरिहालेका खण्डमा घरका अरू मानिसले पछि उसलाई गाली गर्न सक्छन् । त्यसैले उनीहरूसँग कुराकानी गर्नुअघि उनीहरूले पछि गाली नखाने वातावरण तयार गर्नुपर्छ । आफूले कुराकानी गर्न लागेका समुदायको चालचलन र रीतिरिवाजलाई सम्मान गर्नुपर्छ ।

    कुराकानी अन्त्य गर्ने तरिकामा विचार पुर्याउनुपर्छ । कुराकानीको अन्त्यमा उसलाई सान्त्वना पुगेको हुनुपर्छ ।  उसको दिमागलाई दुःखपूर्ण प्रसङ्ग छाडेर अरू नै विषय सोच्ने अवस्थामा पुर्याउनुपर्छ । 

    कुराकानी गरेको हप्ता दिनपछि ऊसँग फेरि कुराकानी गर्दा राम्रो हुन्छ । आघात  परेका कोही मानिस कहिलेकाहीँ अरुले केही नबिगारे पनि उनीहरूसँग रिसाउँछन्, झर्कन्छन् । यो उनीहरूको  अवस्थाको प्रतिक्रिया हो । खासमा उनीहरू  हामीसँग रिसाएका होइनन् । यस्तो बेलामा आफ्नो विवेक उपयोग गरेर काम गर्नुपर्छ ।

    विपद् जोखिमको रिपोर्टिङमा चस्मा बदलेर मानवीय विपत्तिलाई गहनपूर्वक हेर्ने नयाँ दृष्टिकोण बनाऔं ।

    विपद्का बेला पत्रकार, पत्रकारको संस्था आफैँलाई पनि उच्च जोखिमको अवस्था सिर्जना हुन्छ । एकातिर भने अर्कोतिर सञ्चारकर्मीका रूपमा नागरिकलाई  सूचना दिनु पत्रकारिताको धर्म नै हो । 

    यो अवस्थामा पत्रकारले कसरी आफू सुरक्षित रहने र कसरी आमजनतालाई सही र  जीवनरक्षा गर्नमा सघाउ पुर्याउने सूचना प्रवाह गर्ने भन्ने विषय अत्यन्त चुनौतीपूर्ण छ ।
    सुरक्षा नै पहिलो प्राथमिकता
    समाचार कक्षले गर्नुपर्ने तयारी
    फिल्डमा अपनाउनुपर्ने सुरक्षाका उपाय
    यातायातको व्यवस्था र आफ्ना सामानको जोहो

    विपद् पूर्वतयारीका लागि पत्रकार र सञ्चारमाध्यमले ध्यान  दिनुपर्ने कुरा तथा विपद् पत्रकारिताको अभ्यास गर्न सहयोग पुग्ने प्रकृतिका क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन ।

    पत्रकारलाई विपद्  जोखिम व्यवस्थापनका सबै चरणमा काम गर्नका लागि तालिम र अभिमुखीकरण पनि जरुरी छ ।

                                                               


    images

    Logo