images
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा पनि मूल्यवृद्धि, अब कति पुग्यो ?


  • 4.7K
    SHARES
  • २०७८ भाद्र ७ गते सोमबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा पनि मूल्यवृद्धि, अब कति पुग्यो ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धन समेतमा मूल्य बढाएको हो । 

    निगमले पेट्रोल, डिजेल र मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य २/२ रुपैयाँले बढाएको छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ रुपैयाँले बढाइएको छ । बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १६ डलरले बढाइएको छ । 

    अब पेट्रोलको मूल्य १ सय ३० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १३ रुपैयाँ पर्छ । पकाउने एलपी ग्यासको मूल्य १ हजार ४ सय ५० रुपैयाँ  कायम गरिएको छ । आन्तरिक हवाई इन्धन प्रतिलिटर ८६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर अमेरिकी डलर ०.७७० कायम गरिएको छ । 

    समायोजनपछि पनि निगमलाई प्रतिलिटर पेट्रोलमा ८.४२ रुपैयाँ, डिजेलमा २.६४ रुपैयाँ नोक्सान हुने जनाइएको छ । खाना पकाउने एलपी ग्यासमा नोक्सान प्रतिसिलिन्डर ४ सय २० रुपैयाँ ७५ पैसामा झर्नेछ ।

    price-increase.jpg


    images

    Logo