काठमाडौँ । पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले बैशाख ११ गते उद्घाटन गरेको धरहराको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ । महालेखा परिक्षकको ५८ औँ बार्षिक प्रतिवेदनले धरहराको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको उल्लेख गरेको छ ।
२०७२ सालको भुकम्पले ढलेको धरहरा पुननिर्माणको लागि २०७५ असोज १४ गते सम्झौता भएको थियो । धरहराको काम २४ महिनामा सम्पन्न गर्ने गरी जीआइटीसी रमन जेभीसँग पुननिर्माण प्राधिकरणले सम्झौता गरेको थियो ।
महालेखाले धरहराको उद्घाटन भइसकेपनि काम पुरा नभएको जनाएको छ । ३ अर्ब ८ करोड ११ लाख रुपैयाँमा जीआइटीसी रमनसँग धरहर निर्माणको सम्झौता भएपनि समयमै काम सम्पन्न नहुने महालेखाले जनाएको छ ।
कार्य सम्पन्न अवधि २१ महिना सकिसक्दा पनि धरहराको भौतिक प्रगति ५५ प्रतिशत बाँकि रहेको र वित्तीय प्रगति ५५ प्रतिशत मात्र भएको महालेखाले जनाएको छ ।


