images
images

१० किलो सुन बरामद


  • 346
    SHARES
  • २०८० फाल्गुण ७ गते सोमबार

    १० किलो सुन बरामद

    काठमाडौं । भारतीय सीमा सुरक्षा बल बीएसएफले पश्चिम बंगालको भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट करोडौं मूल्यको अवैध सुन बरामद गरेको छ ।

    भारतबाट सुन तस्करी गरी बंगलादेश छिराउने प्रयास गरिरहेको भारतीय व्यक्तिले सीमापार तस्करी गर्ने प्रयासलाई विफल पार्दै ६ करोड भारतीय रुपैयाँभन्दा बढीको सुन बरामद गरेको स्रोतहरूले जनाएका छन् । आइतबार नादिया जिल्लाको होरन्दीपुर सीमा गाउँबाट बीएसएफको ३२औं बटालियनले अवैध सुन बरामद गरेको हो ।

    १० किलोभन्दा बढी तौलका १६ वटा सुनको बार र चारवटा सुनको बिस्कुटसहित नादियाका एक स्थानीयवासी पक्राउ हुन् । भारत र बंगलादेशको अन्तर्राष्ट्रिय सिमानाको खेतमा सुन बरामद गरिएको थियो ।


    images

    Logo