images
images

दुई ठूला आयोजना :  गफ बढी, काम सुस्त


  • 310
    SHARES
  • २०७८ भाद्र १४ गते सोमबार

    दुई ठूला आयोजना :  गफ बढी, काम सुस्त

    काठमाठौं । २०६२/०६३ सालको जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो ।

    भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन । सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि त्यहाँ स्थानीयले विस्थापित हुने डर र उनीहरुको अवरोधका कारण प्रभावित बन्यो ।

    केन्द्रबाट आउने अनुगमन र उच्चस्तरका पदाधिकारीले समेत सम्झाउन नसकेपछि आयोजना निर्माणस्थल दोधारा चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा प्रस्ताव गरिएको छ । “सुख्खा बन्दरगाह बन्ने भनेपछि यहाँ जग्गाको मूल्य छोइनसक्नु भयो, स्थानीयले पनि सुखद् दिन आउने अनुभूति गरे तर आयोजनाको काम भने फिल्डमा देखिएन ।” दोधारा चाँदनीका स्थानीय प्रेमबहादुर भट्टले भने “सुख्खा बन्दरगाह बनाउन अब बहानाबाजी बनाएर ढिलाइ गर्नहुन्न ।” उनले सुख्खा बन्दरगाहको निर्माणले दोधारा चाँदनीको मुहार फेरिने बताए ।

    यहाँ स्थापना हुने सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिरहेको जानकारी दिए । उनले बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) का लागि परामर्शदाता छनोट गरिसकेको जानकारी दिए ।

    “हामीले ईआइएका लागि परामदर्श दाता छनोट गरेर सम्झौताको चरणमा छौँ ।” उनले भने, “साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि पनि पदामर्शदाता छनोटको काम अगाडि बढेको छ ।” उनले उक्त बन्दरगाहको डीपीआर बनाउन छ महिनादेखि नौ महिनासम्म लाग्ने बताए। तीन वर्ष दश महिनाभित्र बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ ।

    दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले जानकारीदिनुभयो । सुख्खा बन्दरगा हबभित्र कष्टम, एडमनि ब्लक, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्र्याक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेल्वे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायतका संरचना बन्नेछन् ।

    बन्दरगाहका रेलमार्ग भने दोस्रो चरणमा तयार गर्ने योजना रहेको छ । बन्दरगाह प्रस्तावस्थल वरपर भने जग्गाको किनबेच निकै बढेको छ । “कुनै बेला लाख रुपैयाँ कट्ठा बेच्न खोेज्दा पनि यहाँ ग्राहक पाउन मुस्किल हुन्थ्यो ।” दोधारा चाँदनी नगरपालिका–१ का विस्ने सुनारले भने “अहिले त प्रतिकट्ठा ८० लाख रुपैयाँसम्म पनि किनबेच गाउँमा भएको छ ।”

    उनले पनि सुदूरपश्चिमको प्रमुख व्यापारिक नाकाका रुपमा हेरिएको क्षेत्रमा बन्दरगाह बने समृद्धिको सपना साकार हुने बताए । “सुख्खा बन्दरगाह पछि आएको महाकाली नदीको चार लेन सकिने बेला भइसक्यो ।” उनले भने, “२०६४ मै बनाउने भनेको सुख्खा बन्दरगाह खै कहाँ पुग्यो ? ”

    त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा बन्ने अर्को सुदूरपश्चिमकै ठूलो आयोजना हो, दैजी छेला औद्योगिक क्षेत्र । झण्डै २५ वर्षअघि बेदकोट–२ मा बनाउने भनेको औद्योगिक क्षेत्रको कामको गति पनि सुस्त नै छ । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रको काम भने अझै सन्तोषजनकरुपमा अघि बढेको छैन ।

    “दुई वर्षभित्र स्थापना गर्ने औद्योगिक क्षेत्र बनाउने भनेको २५ वर्ष भइसक्यो ।” बेदकोटका स्थानीय रघुवीर पन्तले भन्नुभयो, “यहाँ ठूला विकास गर्ने र मुहार फेर्ने विषयमा गफ बढी भए ।” औद्योगिक क्षेत्र स्थापनास्थलमा रुख छपानको काम थालिए पनि त्यो कोरोना कहरले प्रभावित बन्यो । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट क्षेत्रीय कार्यालय नेपालगञ्जले उक्त कामको रेखदेख गरिरहेको छ । सो क्षेत्रको ३ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । 

    बेदकोट–२ का वडाध्यक्ष एवं प्रवक्ता नरेशबहादुर सिंहले औद्योगिक क्षेत्रको काम प्रभावकारी नभएको बताए । “शिलान्यासपछि रुख छपानको काम केही समय भयो ।” उनले भने, “अझै ५० प्रतिशत रुख छपान बाँकी नै छ ।” औद्योगिक क्षेत्र स्थापना गर्ने योजना विसं २०५१ मा सुरु भएको थियो ।


    images

    Logo