images
images

माघ महिनामा घट्यो महंगी, सबैभन्दा धेरै मुद्रास्फीति पहाडमा


  • 498
    SHARES
  • २०८० फाल्गुण २७ गते आइतबार

    माघ महिनामा घट्यो महंगी, सबैभन्दा धेरै मुद्रास्फीति पहाडमा

    काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा मुद्रास्फीति (महंगी) घटेको छ । आर्थिक वर्ष २०७९/८० को सोही समयमा ७.८८ प्रतिशत रहेको उक्त दर यसपटक ५.०१ प्रतिशत मात्रै रहेको हो । 

    २०८० माघ महिनामा पहाडको मुद्रास्फीति सर्वाधिक ५.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त दर ७.३० प्रतिशत रहेका थियो । हिमाली र तराई क्षेत्रमा मुद्रास्फीति क्रमशः ५.४४ प्रतिशत र ४.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा उक्त दर क्रमशः ७.९२ प्रतिशत र ७.८२ प्रतिशत रहेको थियो । 

    काठमाडौं उपत्यकाको मुद्रास्फीति यस माघमा ४.९६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त दर ८.४७ प्रतिशत रहेको थियो । 


    images

    Logo