images
images

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै, चार वर्षअघि १२ करोडमा भएको थियो सम्झौता


  • 347
    SHARES
  • २०८१ बैशाख १२ गते बुधबार

    मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै, चार वर्षअघि १२ करोडमा भएको थियो सम्झौता

    तनहुँ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त सडक खण्डमा हालसम्म ३ किलोमिटर सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

    पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, प्रमूख आचार्यले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ ।”
     
    २०५१ सालमा उक्त सडकको ट्रयाक खुलेको थियो । २०७७ साल मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो । ३५ करोड १४ लाख ७४ हजार १ सय ९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३ सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो । 

    २०७६ साल फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माणकार्य ढिलाइ भएको हो । जिल्लामा यसवर्ष पिसिसि, आरसिस र कालोपत्र गरी २६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 


    images

    Logo