images
images

९ महिनामा भित्रियो ३ अर्ब ५९ करोडको लसुनप्याज, जिरा आयातमा बाहिरियो १ अर्ब ८९ करोड


  • 529
    SHARES
  • २०८१ बैशाख १२ गते बुधबार

    ९ महिनामा भित्रियो ३ अर्ब ५९ करोडको लसुनप्याज, जिरा आयातमा बाहिरियो १ अर्ब ८९ करोड

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३ अर्ब ५९ करोड रुपैयाँको लसुनप्याज भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको आयात निर्यातको विवरण अनुसार सो रकम बराबरको लसुन प्याज नेपाल आयात भएको हो । 

    आर्थिक वर्ष २०८०/८१ को साउन देखि चैतसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको ४ करोड ६७ लाख किलो प्याज नेपाल भित्रिएको छ । सो अवधिमा प्याज निर्यातबाट सरकारले ४८ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    त्यस्तै, ९ महिनाको अवधिमा नेपालले १ करोड २६ लाख किलो लसुन भित्र्याएको छ । १ अर्ब ६४ करोड रुपैयाँ बराबरको लसुन आयात गर्दा सरकारले ४२ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

    चैतसम्ममा १ अर्ब ८९ करोड रुपैयाँ बराबर रकमको जिरा आयात भएको छ । ३९ लाख ५१ हजार किलो जिरा आयात हुँदा सरकारले ३५ करोड २ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, ५२ लाख ४१ हजार किलो धनियाँ सो अवधिमा आयात भएको छ । ६४ करोड ९६ लाख रुपैयाँ बराबरको धनियाँ आयाात गर्दा सरकारले १२ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

    नेपालको हावापानी तथा माटो लसुन प्याज जस्ता मसला उत्पादनका लागि उपयुक्त रहँदै गर्दा पनि बाह्य देशबाट हुने आयात उच्च छ । नेपालीहरुको धान, मकै, गहुँ जस्ता अन्नलाई बढी प्राथमिकता दिने र अन्य किसिमका बालीका लागि मिहिनेत गर्नुको साटो किनेरै खाने प्रवृत्तिले गर्दा मसलाको आयात उच्च भएको पाइन्छ । 

    Import.jpg


    images

    Logo