images
images

प्रकाशकीय

नेपाल अर्थ चौथो वर्षमा प्रवेश


  • 789
    SHARES
  • २०८१ बैशाख १४ गते शुक्रबार

    नेपाल अर्थ चौथो वर्षमा प्रवेश

    नेपालमा लोकतानित्रक शासन व्यवस्थासंगै सञ्चारमाध्यमको तिब्र रुपमा विकास भइरहेको छ । त्यसै क्रममा आर्थिक पत्रकारिताका क्षेत्रमा एउटा इटा थप्ने उदेश्यले हामीले तीन वर्ष अघि आजैका दिन नेपाल अर्थ डटकम शुरु गरेका थियौं । सो अनलाइन मिडिया शुरु गरेको केहि दिनमै नेपालसहित विश्वभर कोरोना महामारी फैलिदा अन्य मिडिया जस्तै नेपाल अर्थले स्थापनाकालमै अफ्ठ्यारा दिनको सामना गर्नुपर्यो । त्यति हुंदाहुंदै पनि हाम्रो व्यवस्थापन टिम, मेहनती कर्मचारी, शुभचिन्तक, पाठक, बिज्ञापनदाताहरुले हामीलाई निरन्तर हौसला दिनुभयो । त्यसैको फलस्वरुप मिडिया इनोभेशन प्रा.लि. द्धारा सञ्चालित नेपाल अर्थ डटकम आजदेखि तीन वर्ष पुरा भएर चार वर्षमा प्रवेश गरेको छ ।

    मिडिया इनोभेशन प्रा.लि. लाई यहाँसम्म ल्याउँन अहम् भूमिका निभाउँनु हुने संस्थापकहरु पहिलो नम्बरमा धन्यवादका पात्र हुनुहुन्छ । वहाँहरुकै मेहनत, सोच बिचारका कारण संस्था आज चार वर्षमा प्रवेश गर्दै टुकुटुकु हिड्न सक्ने अवस्थामा पुगेको छ । आगामि दिनमा पनि हाम्रो सञ्चारमाध्यमले आवाज बिहिनहरुको आवाज बन्दै नेपालको अर्थतन्त्र, मुलुकको आर्थिक गतीविधि लगायतका विषयलाई उजागरगर्दै जनताको मन जित्नेगरी काम गर्ने प्रण गर्दछौ ।

    संस्थालाई यो अवस्थासम्म ल्याउँन योगदान पु¥याउँने सम्पुर्ण मेहनती कर्मचारी, शुभचिन्तक, पाठक, बिज्ञापनदाताहरुलाई वार्षिक उत्सवका अवसरमा हार्दिक आभार व्यक्त गर्दछौ । साथै आगामि दिनमा पनि निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरेका छौं । धन्यवाद् । 

    पेशल आचार्य 
    अध्यक्ष तथा प्रबन्ध निर्देशक


    images

    Logo