images
images

नेप्से ०.१९ प्रतिशतले घट्यो, लघुवित्त र हाइड्रोमा आकर्षण कायमै


  • 421
    SHARES
  • २०७८ बैशाख २२ गते बुधबार

    नेप्से ०.१९ प्रतिशतले घट्यो, लघुवित्त र हाइड्रोमा आकर्षण कायमै

    काठमाडौं । साताको चाैथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । मङ्गलबार सामान्य वृद्धि भएको बजारमा बुधबार सामान्य अ‌ंकको सुधार देखिएको हो । आज शेयर बजार परिसूचक ५ं.०९ अंकले घटेर २४६९.६० विन्दुमा झरेको छ ।

    आज  बजारमा ६ अर्ब २१ करोड बराबरका १ करोड ४८ लाख कित्ता शेयर किनबेच भयो । म‌ंगलबार र बुधबारको नेप्सेको उतारचढावले बजार पर्ख र हेरको अवस्थामा रहेको देखाउँछ ।

    बजार स्थिर भए पनि आज १६ वटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि देखिएको छ । आज बजारमा माइक्रोफाइनान्स, हाइड्रो र ट्रेडिङ क्षेत्रका कम्पनीहरुको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ ।


    images

    Logo