images
images

देवीघाट–गल्छी सडक अवरुद्ध


  • 307
    SHARES
  • २०८१ श्रावण ९ गते बुधबार

    देवीघाट–गल्छी सडक अवरुद्ध

    त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

    विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए । 


    images

    Logo