images
images

अबको १०० दिनमा सिद्धबाबा सुरुङ छिचोलिने


  • 394
    SHARES
  • २०८१ भाद्र १६ गते आइतबार

    अबको १०० दिनमा सिद्धबाबा सुरुङ छिचोलिने

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अबको १०० दिनमै सिद्धबाबा सुरुङ छिचोलिने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । 

    सो अवसरमा मन्त्री दाहालले निर्माण कम्पनीलाई आफूले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्नेगरी तीव्रताका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।

    विकास निर्माणका कार्यहरूमा ढिलासुस्ती हुन्छ भन्ने आमधारणा रहेको बताउँदै उनले त्यसलाई चिर्नेगरी सिद्धबाबाको सुरुङ मार्ग निर्माणको काम भइरहेको दाबी गरे । ‘अबको १०० दिनमा सुरुङको ‘ब्रेक थ्रू’ हुन्छ । त्यहीअनुसार काम भइरहेको छ,’ उनले भने ।


    images

    Logo