images
images

भारतले हटायो प्याज र बासमती चामलको न्यूनतम निर्यात मूल्य, नेपालमा भाउ घट्न सक्ने


  • 466
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    भारतले हटायो प्याज र बासमती चामलको न्यूनतम निर्यात मूल्य, नेपालमा भाउ घट्न सक्ने

    काठमाडौं । भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । भारतका गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै किसानको हितलाई ध्यानमा राखी तीन वटा महत्वपूर्ण निर्णय गरिएको जानकारी गराएका हुन् । 

    जसमा सरकारले प्याजमाथि न्यूनतम निर्यात मूल्य हटाउने र निर्यात शुल्कलाई ४० प्रतिशतबाट २० प्रतिशत कायम गर्ने निर्णय गरिएको छ । यसले प्याजको निर्यात बढ्ने र प्याज उत्पादक किसानको आम्दानी पनि वृद्धि हुने हुने जनाइएको छ ।

    त्यसैगरी बासमती चामलमा पनि न्यूनतम निर्यात मूल्य हटाउने भारत सरकारले गरेको छ । जसले गर्दा बासमती चामलको उत्पादन गर्ने किसानलाई राहत हुनेछ ।

    यस्तै सरकारले काँचो पाम, सोया र सूर्यमुखी तेलको आयात कर १२.५ प्रतिशतबाट बढाएर ३२.५ प्रतिशत पुर्‍याएको छ भने यसका रिफाइन्ड तेलको कर १३.७५ प्रतिशतबाट बढाएर ३५.७५ प्रतिशत पुर्‍याइएको छ ।

    शाहले केन्द्र सरकारले किसानलाई उनको उत्पादनको उचित मूल्य दिलाउनका लागि निर्यातलाई बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।

    भारत सरकारको उक्त निर्णयबाट नेपालमा प्याज र बासमती चामलको आयातमा सहजता हुने देखिएको छ । प्याज निर्यात सहज हुँदा मूल्य पनि सस्तो हुने अनुमान गरिएको छ ।

    पछिल्लो केही महिनादेखि देशैभर प्याज १४० देखि १५० रुपैयाँमा कारोबार हुँदै आएको छ ।


    images

    Logo