images
images

आधा खनियो सिद्धबाबा सुरुङमार्ग, मंसीरसम्ममा 'ब्रेक थ्रु' गर्ने तयारी


  • 512
    SHARES
  • २०८१ आश्विन २ गते बुधबार

    आधा खनियो सिद्धबाबा सुरुङमार्ग, मंसीरसम्ममा 'ब्रेक थ्रु' गर्ने तयारी

    काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग ५४५ मिटर खनिएको छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर खनिएको हो ।

    योसँगै करिब सुरूङको आधा खन्ने काम सकिएको हो । उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरूङमार्ग आयोजनाले जनाएको छ ।

    सुरूङमार्गका तीन वटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको छ । बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ । आयोजनाको कुल भौतिक प्रगति २२.८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६.४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

    आयोजनामा गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ ।

    तीन वटा बाइपास मध्ये एउटा छेडिएको छ र मुख्य सुरूङ आउँदो डिसेम्बर (मंसीर) सम्म छेडने लक्ष्य लिएर अघि बढेकाे जनाइएकाे छ । आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ ।

    सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगालाई सिधै तल झार्ने छ । आयोजना समयमै सक्न जनप्रतिनिधिहरूले निगरानी र सहयोग दुवै गरिरहेकाे आयाेजनाले जनाएकाे छ । 

    कुल तीन किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । सुरुङमार्गका तीन स्थानमा खुला भाग राखिने छ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।


    images

    Logo