images
images

डिजिटल होमले बजारमा ल्यायो हप्तौँ खाना स्वच्छ राख्ने रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर 


  • 583
    SHARES
  • २०७८ आश्विन २१ गते बिहीबार

    डिजिटल होमले बजारमा ल्यायो हप्तौँ खाना स्वच्छ राख्ने रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर 

    काठमाडौं । डिजिटल होम इन्टरनेशनल ले दशैँ र तिहारको शुभ अवसरमा आफ्नो घरायसी सामानहरु अन्तर्गतको नयाँ रेफ्रिजरेटरको र मिक्चर ग्राइन्डर अनावरण गरेको छ । 

    घरेलु उपकरणहरुमा गुणस्तरीय सामानहरुको लागी ग्राहकहरुको माग बढ्दो छ । आफूलाई सेटअप बक्सको सफल निर्माण र वितरणमा प्रमाणित गरिसकेको डिजिटल होमले ग्राहकहरुको यही चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरु बजारमा ल्याएको हो । 

    अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मितका रेफ्रिजरेटरहरुको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरुको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने बताइएको छ । हप्तौँसम्म खाना स्वच्छ र ताजा राख्ने रेफ्रिजरेटरको कम्प्रेसरको लागी दस बर्ष र अन्यका लागी एक बर्षको वारंटी रहेको छ । 

    त्यस्तै मिक्चर ग्राइन्डर एक स्मार्ट भान्साको उपकरण हो । यस चाडबाडको उत्सवमा मिक्चर ग्राइन्डरले ग्राहकहरुको जीवन सरल र सहज बनाइ खुशी बढाउने बताएको छ । अत्याधुनिक प्रविधिमा निर्मितका मिक्चर ग्राइन्डर देशमै आफ्नो क्षेत्रको सबैभन्दा राम्रो हुने कम्पनीले दाबी गरेको छ ।  ग्राहकहरुले म्ज्क्ष् का मिक्चर ग्राइन्डरहरु विभिन्न रंगहरुमा चयन गर्न सक्नेछन् । त्यस्तै मिक्चर ग्राइन्डरहरु ५०० वाट र ७५० वाटको पावरमा उपलब्ध रहेका छन् । मिक्चर ग्राइन्डरको मोटरका लागी दुई बर्ष र अन्यका लागी एक बर्षको वारंटी रहेको छ ।

    डिजिटल होम इन्टरनेशनलको देशभर फैलिएको सेवा नेटवर्कले ग्राहकहरुलाई उपकरणसम्बन्धी सेवा प्राप्त गर्न सहज बनाउने छ । 

    डिजिटल होमको डिसहोम समूह, आईएमइ समूह, प्रभु समूह र स्यान्डमार्टिन समूह हंगकंगद्वारा प्रवद्र्घन गरिएको छ । यसका प्रवर्धकहरु आफ्नो क्षेत्रमा उत्कृष्ट गुणस्तर र सेवा वितरणका लागी परिचित छन् । नेपालकै एक विश्वसनीय नाम डिसहोमसंगको साझेदारले डिजिटल होमको उत्पादन र सेवा वितरणमा थप उत्कृष्टता प्रदान गर्नेमा डिजिटल होम विश्वस्त रहेको जनाएको छ ।

     

    डिजिटल होमका मुख्य कार्यकारी अधिकारी केशव पौडेल भन्छन्,“नयाँ उत्पादन दायराको यस मोडेलको लक्ष्य भनेको ग्राहकहरुलाई विभिन्न सुविधाहरु र क्षमताहरुसंग साक्षात्कार गराइ रेफ्रिजरेटर कती रोमाञ्चक हुनसक्छ भन्ने प्रदर्शन गर्नु हो” । उनी थप भन्छन् सम्पूर्ण खाना बनाउने कला भनेकै आफ्नो वरपर रहेको सरसामान र मसलाहरुबाट प्रेरित भएको हुन्छ । हाम्रो मिक्चर ग्राइन्डरले यस उत्सवको मौसममा स्मार्ट र रमाईलो खाना पकाउने अनुभवको एक असाधारण अनुभव दिनेछ” ।

    ग्राहकहरुले नजिकैको आउटलेटमा डिजिटल होम का घरायसी सामानहरु अन्तर्गतका घरायसी सामानहरु खरिद गर्न सक्नेछन् ।  
    अरु भन्दा छुट्टै भनिएका डिजिटल होम बारे थप जानकारीका लागी, 

     www.digitalhome.com.np

    https://www.facebook.com/dhihomeappliances

    https://www.instagram.com/p/CUsGtGABi_z/?utm_source=ig_web_copy_link

     


     


    images

    Logo