images
images

नेपाल भित्रियाे सरकारले भारतसँग किनेकाे चिनी, यसपटक दशैंमा अभाव नहुने


  • 357
    SHARES
  • २०८१ आश्विन ७ गते सोमबार

    नेपाल भित्रियाे सरकारले भारतसँग किनेकाे चिनी, यसपटक दशैंमा अभाव नहुने

    काठमाडौं । भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले भारतबाट खरिद गरेको चिनी नेपाल आइसकेको जनाएको हो । 

    उक्त चिनीको मूल्य प्रतिकेजी १०७ रुपैयाँ ५० पैसा तोकिएको छ । योभन्दा बढी मूल्य लिन पाइने छैन ।  

    भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरेको थियो । त्यसमध्ये तीन वटा कम्पनीले दुई हजार सात सय मेट्रिक टनका दरले चिनी ल्याएका छन् । चार वटा कम्पनीले ल्याउन नसकेपछि सम्झौता खारेज गरिएको विभागले जनाएको छ ।

    नेपाली बजारमा चिनी पर्याप्त भए पनि मूल्यमा मनपरी रहेको र सरकारी पहलबाट खरिद भएको चिनी नेपाली बजारमा आइपुगेकाले अब बजार भाउमा समस्या नहुने दाबी विभागको छ । २०८० कात्तिक महिनामा नै भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति भएको थियो । जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो । बजारमा चिनी आइसकेकाले यस वर्षको दशैंतिहारलाई चिनीको समस्या नहुने विभागको दाबी छ । 

    चिनी आयातको कोटा प्राप्त गरको मितिमा साल्ट टे«डिङ कर्पोरेसनले निर्धारण गरेको चिनीको मूल्यमा उपभोक्ताले पाउने गरी चिनीको बिक्री आपूर्तिको प्रबन्ध मिलाउने विभागले जनाएको छ । त्यो चिनी साल्ट टे«डिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट सञ्चालन हुने सहुलियत मूल्य पसलमा पनि सोही चिनी राखेर बिक्री गर्ने व्यवस्था गरिने विभागले जनाएको छ । 

    विभागका अनुसार आयात गरिएको चिनीको भण्डारण, मौज्दात, बिक्रीको अवस्थाका विषयमा साप्ताहिक रूपले विभागमा जानकारी गराउने यसअघि सम्झौतामा उल्लेख रहेको छ । यता सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले ५० प्रतिशत भन्सार छुटको १५/१५ हजार मेट्रिक टन चिनी आयातका लागि प्रक्रिया सुरु गरेका छन् । 

    साल्टले दशैंभित्रै ल्याउने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ । खाद्यका कम्पनीका अनुसार कम्पनीले तिहारसम्म चिनी ल्याउने गरी खरिद प्रक्रिया सुरु गरेको छ ।  


    images

    Logo