images
images

कुलेखानीमा १०० मेगावाट विद्युत् उत्पादनको तयारी, प्रतिमेगावाट लागत ९ करोड मात्रै 


  • 580
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    कुलेखानीमा १०० मेगावाट विद्युत् उत्पादनको तयारी, प्रतिमेगावाट लागत ९ करोड मात्रै 

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्पस्टोरेज आयोजनाको भौ गोलिक अध्ययन सम्पन्न भएको छ । कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन गत चैतमा विद्युत् विकास विभागले अनुमति दिएको थियो । अहिले प्राधिकरण मातहतको एनईए इन्जिनियरिङले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । 

    अध्ययनमा संलग्न प्राधिकरणका इन्जिनियर शिवराम केसीका अनुसार हालसम्म भौगोलिक अध्ययन पूरा भएको छ भने भौगर्भिक, वातावरणीय लगायतका अध्ययनको काम भइरहेको छ । असार मसान्तभित्र पूर्वसम्भाव्यता अध्ययन सक्ने लक्ष्य प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना सस्तो भएकाले तत्काल निर्माण गर्नुपर्ने बताए । उनले भने , “आगामी असार सम्म अध्ययनको काम सक्ने र अर्को वर्षको असार भित्र निर्माण सुरु गर्नुपर्छ भन्नेमा हामी छौ ँ ।” उनका अनुसार आयोजना सम्पन्न गर्न करिब नौ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

    प्रारम्भिक अध्ययनबाट यो आयोजनाबाट सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । यो आयोजनाबाट सुक्खायाममा १०२ र वर्षायाममा ११८ गिगावाट गरी वार्षिक २२० गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । विद्युत्को माग उच्च हुने समयमा सञ्चालन गर्ने गरी यो आयोजना बनाउन लागिएको हो । प्रारम्भिक सर्वेक्षणअनुसार कुलेखानी इन्द्रसरोवरको पानी ४.२ मिटर व्यासको ७२५ मिटर लामो टनेल पाइपमार्पmत सिस्नेरीमा बन्ने विद्युत् गृहमा पठाइने र त्यहाँबाट विद्युत् निकालेपछि पानी पुनः अर्को पोखरीमा जम्मा गरिनेछ । 

    यसरी जम्मा भएको पानी रातिको समय तथा विद्युत् उत्पादन गर्नु नपर्ने समयमा इन्द्रसरोवरमै फर्काइने छ । विद्युत् उत्पादन गर्न प्रयोग गरिने टर्वाइन र पाइपबाटै पानी फिर्ता गरि ने एनईए इन्जिनियरिङका प्रमुख मनोज सिलवालले जानकारी दिए । बिजुली निकाल्न प्रयोग हुने टर्वाइनले नै पछि पानी कुलेखानीको जलाशयमै फिर्ता गर्न मोटरको काम गर्नेछ,” उनले भने । यसो गर्दा करिब ८० प्रतिशत पानी कुलेखानीको बाँधमै फिर्ता हुनेछ । सर्वेक्षण सम्पन्न भएसँगै प्राधिकरण अहिले भौगर्भिक तथा वातावर णीय अध्ययन र विस्तृत इन्जिनियरिङ डिजाइनको तयारीमा लागेको छ । गोरखापत्र दैनिकबाट


    images

    Logo