images
images

बागलुङको छुर्पी अमेरिकासम्म निर्यात


  • 529
    SHARES
  • २०८१ कार्तिक ५ गते सोमबार

    बागलुङको छुर्पी अमेरिकासम्म निर्यात
    बागलुङ । पछिल्लो समय बागलुङमा उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग काठमाडौँ हुँदै अमेरिकासम्म रहेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार हुंदै आएको छ ।
     
    सहकारी सङ्घले अघिल्लो आर्थिक वर्ष मात्रै ३८ लाख ५४ हजार चार सय १० रुपैंयाको छुर्पी अमेरिका निर्यात गरेको छ । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । 
     
    दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सङ्घले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर मानै बनाएको छैन । सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।
     
    हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी सङ्घमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको छ । 
     
     दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत सङ्घले बजारीकरण गर्दै आएको छ ।


    images

    Logo