images
images

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान, ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने


  • 466
    SHARES
  • २०८१ कार्तिक ६ गते मंगलबार

    तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान, ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने

    काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ ।

    तिहारकाे समयमा प्रत्येक बर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको एसोसिएसनले जनाएकाे छ । यसबर्ष ४५ लाख माला खपत हुने अनुमान एसोसिएसनकाे छ । 

    तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । 

    पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।


    images

    Logo