काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ४.१९ अंकले बढेर २ हजार ६ सय ३० दशमलव ७१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १० स्क्रिपको ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार ७० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्यमा स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक २.४८ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको ५० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
२ कम्पनीको शेयर मूलयमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा आत्मानिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् । त्यस्तै, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने प्रभु बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।


