काठमाडौं । आशा लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार १४.२५ प्रतिशत बोनस बापतको ९ लाख १४ हजार ३ सय २ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।