काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ४८.८६ अंक बढेर २ हजार ६ सय ३५ दशमलव ०९ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ५ करोडको शेयर किनबेच भएको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण १.८९ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८१ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७० अर्ब पुगेको छ।
१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५७ प्रतिशत बढेको छ। त्यस्तै, यस साता होटल तथा पर्यटन र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.३८ प्रतिशत घटेको छ।
साताको पहिलो दिन आइतबार ५.३२ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ५६ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ४९.१२ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ६८ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार ६.१६ अंकले बढेर २ हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ६.३८ अंकले बढेर २ हजार ६ सय ५३ दशमलव २३ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन विहीबार १८.१४ अंकले घटेर २ हजार ६ सय २५ दशमलव ९ विन्दुमा पुगेको थियो । सो दिन ७ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता मुक्तिनाथ म्युचुअल फण्ड १ को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ।


