काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेर २ हजार ५ सय ९४ दशमलव १३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको १ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
सोमबार ६३ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ७५ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। बाँकी उपसमूहको परिसूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । न्यादी हाइड्रोको २८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको १५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा वाराही हाइड्रोपावर रहेको छ । त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।


