काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी आइतबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बाँडफाँट हुने भएको हो।
यता, गार्डियन माइक्रोको आईपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ६ हजार ८ सय ४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५ सय जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख २२ हजार ३ सय ४८ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासनमा ल्याएको थियो ।


