images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 404
    SHARES
  • २०८१ माघ १० गते बिहीबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि बढीरहेको नेप्से यस दिन भने सामान्य अंकले घटेर बन्द भएको हो । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१० अंकले घटेर २ हजार ६ सय ५४ दशमलव ३५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १८ स्क्रिपको ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशत घटेको छ। अरु १० उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको हो।

    आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस बैंकको ३० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदि मर्दिको १९ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, र धौलागिरी लुघवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।


    images

    Logo