images
images

ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने म्याद थप


  • 340
    SHARES
  • २०८१ माघ १४ गते सोमबार

    ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने म्याद थप

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब माघ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ।

    कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७ सय १२ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४ सय ४५ रुपैयाँ पुग्नेछ।


    images

    Logo