images
images

बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?


  • 670
    SHARES
  • २०८१ फाल्गुण १२ गते सोमबार

    बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

    काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो ।

    अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ । 

    यो मूल्य बजारमा खरिद गर्न पाउने मूल्य नभएर किसानले पाउने मूल्य हो ।

    संघका अनुसार उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले शुक्रबार मूल्य समायोजन गर्न घटाइएकोमा सोमबारबाट बढाइएको हो । 

    खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रुपैयाँ छ ।


    images

    Logo