काठमाडौं । सुनको मूल्य एकैदिन ७ सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ७०० रुपैयाँमा झरेको हो । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य १५ रुपैयाँ कम हो ।