images
images

ग्रामीण सडक : मार्ग खुलेको १४ वर्षपछि स्तरोन्नति


  • 379
    SHARES
  • २०८१ चैत्र १३ गते बुधबार

    ग्रामीण सडक : मार्ग खुलेको १४ वर्षपछि स्तरोन्नति

    काठमाडौं । मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ । २०६७ सालमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । 

    बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक २ करोड १५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो । 

    सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर ५ सय ३८ मिटर  ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट १ सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ । 

    यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ लागतमा स्तरोन्नति भएको थियो 


    images

    Logo