images
images

भिषण बाढी प्रभावित परिवारका लागि राहत वितरण


  • 460
    SHARES
  • २०८१ चैत्र २० गते बुधबार

    भिषण बाढी प्रभावित परिवारका लागि राहत वितरण

    काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा ग्रुप फर टेक्निकल एसिस्टेन्सको संयोजनमा Myriad USA को आर्थिक सहयोगमा गत असोज महिनामा आएको भिषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ ।

    पनौती नगरपालिकाका ६०० प्रभावित घरधुरीका लागि व्लाङकेट, म्याट्रेस, बाल्टिन (धारा जडित), साबुन, साबुनदानी, स्यानीटरी प्याड, मग, पानी शुद्धीकरण गर्ने पियुस झोल लगायतका दैनिक अत्यावश्यक सामग्रीहरू प्रदान गरियो । साथै, प्रभावित २ विद्यालयहरूका लागि विपद्को बेलामा उद्धार गर्न उपयोगी खोज तथा इमरजेन्सी किट ३ बाकस नगरपालिकालाई हस्तान्तरण गरियो ।

    संस्थाको तर्फबाट सचिव भोला नाथ चौधरीले राहत सामग्री र खोज तथा इमरजेन्सी किट पनौती नगरपालिकाका नगर प्रमुख राम शरण भण्डारीलाई हस्तान्तरण गरेका थिए । खोज तथा इमरजेन्सी किट श्री फूल्चोकी आधारभूत विद्यालय (पनौती वडा नं २) का प्रधानाध्यापक कृष्ण प्रसाद हुमागाईं र श्री इन्द्रादेवी आधारभूत विद्यालय (पनौती वडा नं १२) की प्रधानाध्यापक बिमला नेपाललाई प्रदान गरियो । 

    गोदावरी नगरपालिकामा पनि राहत हस्तान्तरण
    ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा पनि ग्रुप फर टेक्निकल एसिस्टेन्सको संयोजनमा राहत वितरण गरिएको छ । यहाँ ३०० प्रभावित घरधुरीलाई व्लाङकेट, म्याट्रेस, बाल्टिन (धारा जडित), साबुन, साबुनदानी, स्यानीटरी प्याड, मग, पानी शुद्धीकरण गर्ने पियुस झोल लगायतका अत्यावश्यक सामग्री वितरण गरियो । 

    साथै, प्रभावित २ विद्यालयहरूलाई खोज तथा इमरजेन्सी किट ३ बाकस हस्तान्तरण गरियो । राहत सामग्री तथा खोज तथा इमरजेन्सी किट ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोला नाथ चौधरीले गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई हस्तान्तरण गरे ।

    खोज तथा इमरजेन्सी किटका सामग्रीहरू (जो दुवै नगरपालिकामा वितरण गरिएको थियो ।)
    स्ट्रेचर – १ थान
    फायर स्क्रीङग्युसर – १ थान
    खानेपानी पाइप – ५०० मिटर र ३०० मिटर
    बेल्चा – २ थान
    गैती – २ थान
    गल – २ थान
    कोदालो – २ थान
    ह्यामर – २ थान
    पिलास – १ थान
    डोरी –  १ रोल
    टर्चलाइट – २ थान
    चस्मा –   ४ थान
    सेफ्टी ज्याकेट – ४ थान
    सेफ्टी हेलमेट – ४ थान
    सिटी – ४ थान
    गम बुट – ४ जोडी
    त्रिपाल – १ थान
    कम्बल – १ थान
    प्राथमिक उपचार बक्स – १ थान
    यस सहयोगबाट बाढी प्रभावित समुदायलाई तत्काल राहत प्राप्त हुने वितरण संयोजन संस्थाले विश्वास गरेको छ ।


    images
    images

    Logo