images
images

हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण


  • 302
    SHARES
  • २०८२ बैशाख ११ गते बिहीबार

    हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
    बागमती । हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई वटा कल्भर्ट निर्माण गरेको छ । 
     
    उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो । 
     
    हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरे । पालिकाका अनुसार एउटा कल्भर्ट रु एक करोड १९ लाख र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो । 
                       
    गाईगोरुको चोरी तस्करी बढ्दो 
     
    मकवानपुरमा गाईगोरुको तस्करी निरन्तर बढ्न थालेको छ । गए राति पुर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–३ बसामाडीबाट २२ वटा पशुचौपायासहित चार जनालाई पक्राउ गरिएको छ । 
     
    चितवनतबाट हेटौँडा आउँदै गरेको बा प्र ०३–००१ख ३४११ नम्बरको ट्रकलाई जाँच गर्दा भेटनरीको कागजात नभएका २२ वटा गोरुसहित ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–२ निवासी २६ वर्षीय गणेश मगर, गोरखाको अजिरकोट गाउँपालिका–४ निवासी २५ वर्षीय सुरज परियार, २४ वर्षीय कुशल परियार, सुनसरीको भोक्राहा नगरसिंह गाउँपालिका–३ निवासी ५६ वर्षीय जीतेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । 
     
    गत चैत २० गते राति सशस्त्र प्रहरी र पशु सेवा कार्यालय मकवानपुरको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ नयाँबस्ती नजिकबाट गोरुसहितको मिनीट्रक नियन्त्रणमा लिएको थियो । 
     
    नवलपरासीको गैँडाकोटबाट पथलैयाँतर्फ मिनीट्रकमा गोरु तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी र पशु सेवा कार्यालयको टोलीले १२ वटा गोरु र तीन वटा गाईसहित प्र २–००३–००१ ख ३७४९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो । गत फागुनमा पनि सशस्त्र प्रहरीले पथलैयाबाट २५ वटा गोरुसहित बा प्र ३–००१ ख १४२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । 


    images

    Logo